सगरमाथा आरोहणका लागि खुम्बु आइस्फलको विकल्प खोज्दै आरोहीहरु
लाक्पाग्याल्जेन शेर्पा,सोलुखुम्बु।युवा पिंढीलाई सगरमाथा आरोहण सहज होस् भन्ने उद्देश्यले दुई आरोहीहरु सगरमाथा चढ्ने नयाँ बाटोको खोजीमा जुटेका छन् ।

बिगत १६ बर्ष पहिला बिना अक्सिजन सर्बोच्च शिखर सगरमाथा आरोहण गरेका ७० बर्षीय एक फ्रान्सेली नागरिक र खुम्बु पासाङल्हामु गाउँपालिका १ बुप्साका १७ पटक सगरमाथा आरोहण गर्नुभएका आरोही पासाङनुरु शेर्पाको अगुवाईमा नुप्चे हिमाललाई आधार मानि खुम्बु आइस्फलको विकल्पमा नयाँ बाटो खोजी तथा निर्माण कार्य सुरु गरेका हुन्।
यस बर्षको सगरमाथा आरोहण गर्ने सिजनबाट सुरु गरिएको बाटो खोजी तथा निर्माण कार्य करिब ५ हजार आठ सय मिटर बाटो खोजी तथा निर्माण कार्य सम्पन्न गरेको आरोही समेत रहेका बाटो खोजी तथा निर्माण कार्य दलका सदस्य पासाङनुरु शेर्पाले जानकारी दिनुभयो ।
खुम्बु आइस्फलको बाटो ज्यादै कठिन र दुर्घटना अत्यधिक हुने भएका कारण आगामी दिनमा सगरमाथा आरोहण गर्नेलाई सहज होस् भन्ने उदेश्य स्वरुप बाटो खोजी तथा निर्माण कार्य गरिरहेको उनीहरूको भनाई छ।
बाटो खोजी तथा निर्माण कार्य नुप्से हिमाललाई आधार मानि खुम्बु आइस्फललाई छलेर उक्त बाटो क्याम्प १ मा जोड्ने र क्याम्प १ बाट पुरानो बाटो नै प्रयोग गरेर शिखर चुम्ने उद्देश्य उनीहरूको रहेको बताईएको छ ।
यता फ्रान्सेली नागरिकले भने खुम्बु आइस्फल्को विकल्प खोजेर बिना अक्सिजन सगरमाथा आरोहण गर्ने उद्देश्य रहेको जानकारी दिए।

