सोताङमा चुनाब प्रचारका लागि एमालेले निकाल्यो बृहत र्‍याली




सोलुखुम्बु।नेकपा एमालेले आगामी निर्बाचनलाई लक्षित गर्दै सोताङमा बृहत र्‍यालीको आयोजना गरेको छ।

५ नं. वडा कमिटीको आयोजनामा शुक्रबार आयोजना गरिएको सो र्‍याली वडा नं ३ को ताप्लासीदेखी शिबटार बजार हुँदै ४ नं. वडा गैरिगाउँ भएर नेकपा एमाले सोताङको पार्टी कार्यलयमा कोणसभामा परिणत भएको निर्बाचन प्रचार समितिका संयोजक मिलन नाछिरिङले जानकारी दिए।

कोणसभालाई नेकपा एमाले सोताङ गाउँपालिकाका इन्चार्ज धनकुमार बिकले सम्बोधन गर्दै सोताङ गाउँपालिकामा यसपटक पनि नेकपा एमालेको जीत सुनिश्चित रहेको बताउंदै भ्रम र प्रलोभनमा नपरी सूर्य चिन्हमा मतदान गर्न सबैसँग आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्