थुलुङ दुधकोशीमा अधिबक्ता राईलाई एमालेले बनायो अध्यक्षको उम्मेदवार,उपाध्यक्षमा कल्पना
सोलुखुम्बु।नेकपा (एमाले) ले थुलुङ थुलुङ दुधकोशी गाउँपालिकाको अध्यक्षमा आङबाबू राईलाई अध्यक्षमा उठाउने निर्णय गरेको छ।

गाउँपालिका कमिटीको आज सम्पन्न बैठकले अधिबक्ता समेत रहेका बौद्धिक ब्यक्तित्व राईलाई अध्यक्षको उम्मेदवार बनाउने सर्बसम्मत निर्णय गरेको गाउँ पालिका कमिटीका प्रचार बिभाग प्रमुख सिमसन किरांतीले जानकारी दिए।नेपाल प्रगतिशील कानुन ब्यबसायी संगठनमा आवद्ध राई लामो समयदेखि एमालेको विभिन्न जिम्मेवारीमा रहिसकेका छन् ।हाल नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटी सदस्य समेत रहेका राई सोलुखुम्बु-काठमाडौं सम्पर्क मञ्चका पूर्बसचिब हुन्।
बैठकले उपाध्यक्षमा कल्पना गिरी बस्नेतलाई चयन गरेको उनले बताए ।

