जनकपुरधामका नगर सभापति साहलगायत अढाई सय बढीले त्यागे नेपाली कांग्रेस



जनकपुरधाम।कांग्रेसका जनकपुरधाम नगरसभापति मनोज साहले राजीनामा दिएका छन्। शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै साहले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन्।

सत्ता गठबन्धन दलले महानगर तथा उपमहानगरको बाँडफाँड गरेपछि जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टीको भागमा परेपछि नगरसभापति, सचिव, कोषाध्यक्ष, वडासभापतिसहित सयौँ कार्यकर्ताले कांग्रेस परित्याग गरेका हुन्।

नगरसभापति साहसँगै सचिव लालबाबु मिश्र, कोषाध्यक्ष वीरेन्द्र यादव, वडा नं. १५ का सभापति नन्दलाल साहले राजीनामा दिएका हुन्। त्यस्तै, मनोज साहले आफ्नो वडामा रहेका डेढ सय क्रियाशील सदस्य, भ्रातृसंगठनबाट गरी अढाई सयभन्दा बढीले राजीनामा लेखिसकेको बताए ।

कांग्रेसले गठबन्धनमा जनकपुरधाम अरूलाई दिएर आफ्नै घरमा आफैंले आगो लगाएको भन्दै उनले अब आफू स्वतन्त्र उम्मेदवार दिने बताए।

प्रतिक्रिया दिनुहोस्