नाम्चेमा एमालेको टोल कमिटी गठन



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु ।नेकपा एमालेले खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं ५ नाम्चेमा टोल कमिटी गठन गरेको छ।

वडा ईन्चार्ज लामाकाजी शेर्पाको अध्यक्षतामा बसेको बैठकले आङ नुरू शेर्पाको अध्यक्षतामा १३ सदस्यीय टोल कमिटी गठन गरिएको नेकपा एमाले जिल्ला कमिटी सदस्य लाक्पाछिरी शेर्पाले जानकारी दिए।

शेर्पाका अनुसार खुम्बु पासाङल्हामु गाउपालिका वडा नं ५ वडाध्यक्ष छिरीङ पेन्जो शेर्पाको प्रमुख आथित्यतामा सम्पन्न बैठकले ५ नं वडा कमिटी अध्यक्ष लामा काजि शेर्पा जिल्ला कमिटीमा निर्वाचित भएका कारण वडा कमिटी अध्यक्षमा पाल्देन नाम्गेल शेर्पालाई चयन गरेको छ।

टोल कमिटीमा जित बहादुर राईअमरध्वज मगर,ङवाङ जाङमु शेर्पा,फुर्वा ग्याल्जेन शेर्पा,मिङमाल्हामु शेर्पा,आङदाना शेर्पा,आशिक बराईली,ल्हाक्पा शेर्पा,चरीमाया बिक,पासाङ छिरीङ शेर्पा, पेम्बाछिरीङ शेर्पा,रूद्र बराईली रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्