नेचासल्यानमा एमालेले अध्यक्षमा बास्तोलालाई नै दोहोर्‍याउने



सोलुखुम्बु।नेचासल्यान गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट पुनः डुफकुमार बास्तोला नै दोहोरिने भएका छन् ।

नेकपा एमाले नेचासल्यान गाउँपालिका कमिटीको बुधबार सम्पन्न चौथो पूर्ण बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्बाचनमा बांस्तोलालाई अध्यक्ष पदको उम्मेदवारमा दोहोर्‍याउने सर्बसम्मत निर्णय गरेको हो।अध्यक्षको उम्मेदवार चयन भएका बास्तोला ०७४ को स्थानीय तह निर्बाचनबाट निर्बाचित गाउँपालिका अध्यक्षका साथै नेकपा एमाले जिल्ला कमिटी अध्यक्षसमेत हुन् ।

गाउँपालिका कमिटी अध्यक्ष जगन्नाथ बास्तोलाको अध्यक्षतामा सम्पन्न बैठकले वडाध्यक्षसहितका बांकी उम्मेदवार टुंग्याउन १५ सदस्यीय कार्यदल गठन पनि गरेको छ।गाउँपालिका कमिटी अध्यक्ष बास्तोलाकै संयोजकत्वमा गठित कार्यदलमा वडा इन्चार्ज र वडा कमिटीका अध्यक्ष सदस्य रहेका छन।कार्यदलले बैशाख २ गतेसम्म उम्मेदवारहरु टुंग्याउने कार्यदेश पाएको छ।

प्रतिक्रिया दिनुहोस्