धनराशि खर्च गर्नुअघि यता पनि सोच्ने कि?

प्रमिला पाण्डे थापा,हाम्रो जस्तो गरिव अविकसित देशमा कुनै कलाकार भित्र्याउनु कतिको उचित छ सरकार ? त्यसमाथि पनि अर्थतन्त्रको संकट यो उचित हुन्छ त ! सलमान खानले आफ्नो देश र क्षेत्रमा नाम, दाम र इज्जत कमाएका ख्यातिप्राप्त कलाकार हुन् ।

तर हाम्रो जस्तो गरिव देशमा ठुलो रकम खर्चमा ल्याउने कुरा कतिको लाभदायक हुन्छ । त्यो ठूलो रकमले आफ्नो देशको विभिन्न क्षेत्रहरुमा विकास गर्न पाए आहा ! कति राम्रो हुने थियो । दुर्गम भेग र अविकसित भएको ठाउँमा अस्पताल खोल्नु , विद्यालय भवनहरु बनाउनु र मर्मत गर्नु , बाटोहरुको खाल्टाखुल्टी व्यवस्थित गर्नु ,आउजाउ गर्न सडक र पुल निर्वाण गर्नु पो राम्रो त ! अहिले पनि हामी जनताहरु आफ्नो ज्यान जोखिममा राखि डोरी वा तुइन समातेर आउजाउ गर्न बाध्य छौं ।
यो तुइन नभएको ठाउँमा एउटा पुल बनाउन नसक्ने सरकार यत्रो रकम चाहिँ एउटा कलाकारका लागि खर्च गर्न तयार भएको देखेर अचम्मै लाग्छ। अहिलेको देशको अवस्था र अर्थतन्त्रमा मन्दी भएको बेला यो कन्सर्ट गर्न कतिको सुहाउँने छ र तपाईंहरू र हामिहरुले आफैँ विश्लेषण गरौँ र गर्नुहोस्। पहिला आफ्नो देशको अवस्था हेर्नुपर्छ । पर्यटक त ! हाम्रो देश सुन्दर प्रकृतिले भरिभराउ छ भनेर पनि भित्रीन्छन् । देशमा पर्यटकहरू भित्र्याउन अनेक माध्यमहरु छन् ।
हाम्रो देशको सुन्दरताहरुको विज्ञापनहरु दिएर, देशको लागि देश भित्र र अन्तर्राष्ट्रिय मुलुकहरुमा पर्यटक सम्बन्धि ज्ञान भएका र पढेलेखेका बेरोजगार युवायुवती लाई पठाएर आफ्नो देशको बेरोजगार हरुलाइ रोजगार दिएर पनि पर्यटक भित्र्याउन सकिन्छ ।
बत्तिसपुतली धोबिखोला

