कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौं। केन्द्रीय संसदीय बोर्ड संरचना बनाउन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै छ। बुधबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकले स्थानीय तह निर्वाचन २०७९ घोषणापत्र सम्बन्धी पनि छलफल गर्नेछ।

चुनावको लागि टिकट वितरण गर्ने संरचना केन्द्रीय निकाय संसदीय बोर्ड भनिए पनि अझै गठन भएको छैन। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवार दर्ताको समय तोकिएको छ। जसकारण तत्कालै संसदीय समिति गठन गर्नैपर्ने कांग्रेसलाई बाध्यता छ।
स्थानीय तह निर्वाचनमा महानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार चयन काग्रेसको केन्द्रीय संसदीय बोर्डले गर्ने निर्णय भएको छ।

