माध्यामिक तहको अध्यापन अनुमतिपत्रका लागि आज दरखास्त दिन पाईने
काठमाडौं। शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुलाएको छ ।

इच्छुक उम्मेदवारले आज (बुधबार) देखि बैशाख २९ गतेसम्म दरखास्त भर्न सक्नेछन् । त्यस्तै दोब्बर दस्तुर तिरेर जेठ ५ गतेसम्म दरखास्त दिन सकिनेछ । शिक्षक सेवा आयोगको नियमावली–२०५७ अनुसार तोकिएको न्यूनतम योग्यता र तालिम वा योग्यता पुगेका इच्छुक व्यक्तिले अनलाइन दरखास्त भर्न सक्ने आयोगले जनाएको छ ।
आयोगको वेबसाइटमा विवरण भर्न सकिनेछ ।

