माओवादी केन्द्रले बैशाख ५ भित्र केन्द्रमा उम्मेदवारको नाम पठाई सक्नुपर्ने

काठमाडौं।नेकपा माओवादी केन्द्रले वैशाख ५ गतेभित्र स्थानीय तहका उम्मेदवार सिफारिस गर्न सर्कुलर जारी गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्कुलर जारी गर्दै सर्वसम्मत भए एक जना र नभए तीन जनासम्मको नाम केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएका छन्।

सर्कुलरमा तालमेलका लागि गठबन्धनलाई प्राथमिकता दिने बताइएको छ। गठबन्धनकै दलहरूबीच प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा भने केन्द्रको अनुमति अनिवार्य रुपमा लिन भनिएको छ
यसरी सिफारिस उम्मेदवारको अन्तिम निर्णय भने केन्द्रबाटै हुने बताइएको छ। यसैगरी जित्ने सम्भावना रहेका पालिकामध्ये प्रत्येक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्षमा वा सवै पालिकामा एउटा वडा अध्यक्षमा महिला उम्मेद्वार सिफारिस गर्न पनि भनिएको छ।
केही दिनअघि अध्यक्ष प्रचण्डले चितवन पुगेर महिलालाई नेतृत्व दिनुपर्ने बताएका थिए। देशभर महिलाको नेतृत्व बढाउने बाचा गर्दै पुरुष भन्दा इमान्दार हुने उनको भनाइ थियो।
।

