सोलुदुधकुण्ड : तिङ्लाको वडाध्यक्षमा एमालेबाट मानबहादुरले उम्मेदवारी दिने



सोलुखुम्बु।जिल्ला कमिटी सदस्य मानबहादुर कट्वालले सोलुदुधकुण्ड नगरपालिकाको वडा नं ११ तिङ्लाको वडास्ध्यक्षमा उम्मेदवारी दिने भएका छन्।

वडा कमिटीको सोमबार सम्पन्न बैठकले स्थानीयस्तरमा लोकप्रिय रहेका कट्वाललाई ११ नं वडा कमिटीको अध्यक्षका लागि सिफारिस गरेको हो।बैठकले कृष्णबहादुर राई,युवराज राई,सीतामाया मगर र नानुमाया बिकलाई सदस्यका रूपमा सिफारिस गरेको छ।

बैठकमा नेकपा एमाले प्रदेश कमिटी सदस्यद्वय बच्चुनारायण श्रेष्ठ र सूर्यकुमारी सुनुवार, जिल्ला कमिटीका उपसचिव दीपक राजभण्डारी,जिल्ला कमिटी लेखा आयोगका अध्यक्ष रामकाजी श्रेष्ठ,सचिवालय सदस्यहरु कल्पना राई,मोहन कुमारी कार्की,जिल्ला कमिटी सदस्य राजकुमार श्रेष्ठ र प्रकाशबाबु कार्की लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्