सोलुखुम्बु : माओवादी केन्द्र भित्तेपात्रो लिएर जनताको घरदैलोमा पुग्ने




काठमाण्डौँ । नेकपा माओवादी केन्द्र सोलुखुम्बु-काठमाडौं सम्पर्क समन्वय समितिद्वारा प्रकाशित भित्तेपात्रो सार्बजनिक गरिएको छ।

सोलुखुम्बु-काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष सुबास जमरकट्टेलको अध्यक्षतामा राजधानीमा आइतबार सम्पन्न नयाँ बर्षको शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रममा भित्ते पात्रो सार्वजनिक गरिएको हो।

केन्द्रीय सम्पर्क समन्वय समिति इन्चार्ज डिलाराम आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा आचार्यसहित माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश नं १ समन्वय समिति इन्चार्ज शिव प्रसाद बस्नेत (राजेन्द्र),प्रतिनिधि सभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् सोलुखुम्बु इन्चार्ज हेम कुमार राई ‘शुरवीर’,संविधान सभा सदस्य आङदावा शेर्पा,जुद्दकुमार कार्की लगायतले आ-आफ्नो धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा बोल्दै इन्चार्ज आचार्यले हिजो व्यवस्था परिर्वतनमा मुख्य भूमिका निर्वाह गरेको माओवादीले जनताको अवस्था परिर्वतनका लागि स्थानीय समस्या, संभावना अनुसार घोषणा पत्रसहित निर्वाचनमा होमिनुपर्ने बताएका थिए।

सार्बजनिक गरिएको सो पात्रो निर्बाचन तयारीका लागि घरदैलोमा पुग्दा सबैलाई बितरण गर्ने कार्यक्रम रहेको बताईएको छ।सोही कार्यक्रम विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको सम्पर्क समन्वय समिति अध्यक्ष जम्मरकटेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्