बिधान र नियमावली बिपरित कुनै शुल्क नउठाउन जिल्ला तथा स्थानीय तहलाई कांग्रेसको निर्देशन




काठमाडौं।स्थानीय तह निर्वाचनका लागि आकांक्षीहरूबाट शुल्क लिने गरेका गुनासा आएपछि नेपाली कांग्रेसले कुनै पनि प्रकारका रकम नलिन निर्देशन दिएको छ।

वडाध्यक्ष, गाउँ/नगरका प्रमुख तथा उपप्रमुखमा आकांक्षीहरू धेरै देखिएपछि विभिन्न कार्यसमितिले शुल्क लिएर आकांक्षीका नामावली संकलन गरिरहेका थिए।

उम्मेदवारी सिफारिस गर्दा विधान तथा नियमावली विपरीत कुनै पनि प्रकारको रकम माग नगर्न र नगराउन कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सबै जिल्ला कार्यसमितिलाई पत्राचार गरेका छन्।

पार्टीलाई बुझाउनुपर्ने सदस्यता शुल्क र सहयोग रकम लेबीबाहेक अन्य कुनै पनि रकम उठाउन नमिल्ने कांग्रेसले बताएको छ।

प्रतिक्रिया दिनुहोस्