आज सत्ता गठबन्धनको बैठक बस्दै,चुनावी तालमेल मुख्य एजेन्डा
काठमाडौं। चुनावी गठबन्धनका विषयमा छलफल गर्न आज (बिहीबार) सत्ता गठबन्धन दलको बैठक बस्दै छ। सत्ता गठबन्धन दलहरूबीच चुनावी तालमेल गर्ने निर्णय गरेको सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेसको अग्रसरतामा बैठक बस्न लागेको हो। कांग्रेसको केन्द्रीय कार्यसमितिको मंगलबार सम्पन्न बैठकले तालमेल गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने गरी बिहीबार बिहान १० बजेका लागि सत्ता गठबन्धनको बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए।
सत्ता गठबन्धनको बैठकमा स्थानीय तह निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने एक नेताले बताए। बैठकमा आगामी निर्वाचनमा तल्लो निकायसम्म सत्ता गठबन्धन कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुने उनको भनाइ छ।

