रेडपान्डा महिला समुहमा नयाँ नेतृत्व



लाक्पाछिरी शेर्पा,सोलुखुम्बु ।खुम्बु पासाङल्हामु गाउँपालिकामा रहेको रेडपान्डा महिला समुहले नयाँ नेतृत्व चयन गरिएको छ ।

समुहको सोमबार बसेको साधारण सभाले पुरानो कार्यसमिति विगठन गरी नयाँ कार्य समिति चयन गरेको हो । नव गठित कार्य समितिको अध्यक्षमा छेप्लुङ की पासाङ ल्हामु शेर्पा चयन हुनुभएको छ भने उपाध्यक्षमा नाचिपाङकी कामी शेर्पा, सचिवमा छेप्लुङकी आङ दाली शेर्पा, सह सचिवमा छेप्लुङकै फुली शेर्पा, कोषाध्यक्षमा क्याङमा की ङवाङ साम्देन शेर्पा चयन हुनु भएको छ ।

सदस्यहरूमा मनिसा राई/शेर्पा ठाडोकोसी, छिरीङ डोमा शेर्पा ठाडोकोसी, आङ दाली शेर्पा नाचिपाङ, ङिमा याङजी शेर्पा छेप्लुङ, डोमा फुटी शेर्पा छेप्लुङ र पेमा छिरीङ शेर्पा क्याङ छन् ।

प्रतिक्रिया दिनुहोस्