आफ्नो प्रस्तावबाट पछि हटे बिप्लव
काठमाडौं।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिभाजन हुनबाट तत्कालका लागि जोगिएको छ।

आउँदो ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा सहभागिता जनाउने प्रस्तावबाट महासचिव बिप्लव पछि हटेपछि सो पार्टी बिभाजन हुनबाट जोगिएको हो।कपिलवस्तुको शिवगढीमा जारी केन्द्रीय कमिटी बैठकले महासचिव विप्लवको उक्त प्रस्तावमाथि छलफल हुँदा तत्काल पार्टी नै संस्थागत रूपमा चुनावमा नजाने निर्णय भएको एक नेताले बताए ।ती नेताले भने, ‘पार्टी निर्वाचन आयोगमा दर्ता गरेर तत्काल स्थानीय चुनावमा नजाने भन्ने छ, हामी चुनावको विरोधी पनि होइनौं । त्यसैले एजेण्डा मिल्नेहरूलाई समर्थन गर्न पनि खुला नै छाडेका छौं ।’
बैठकमा महासचिव बिप्लवले निर्बाचनलाई उपयोग गरेर जानुपर्ने प्रस्ताव गरेपछि बहुमत नेताहरु उनको प्रस्तावबिरुद्ध उंभिएका थिए।

