उदयपुरगढीमा आगलागी हुंदा एकजनाको मृत्यु,आठ घरमा क्षति




गाईघाट ।उदयपुरको उदयपुरगढी गाउँपालिका–१ शिखरपुरमा आगलागीमा परेर एक जनाको ज्यान गएको छ । आठ घरमा क्षति पुगेको छ ।

हिजो दिउँसाे लागेको आगोका कारण त्यहाँकी ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै ज्यान गएको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युत् सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।

घटनाको अनुसन्धान भइरहेको छ । आगो हिजो बेलुका नै निभाइएको र पीडित परिवारलाई राहत दिने तयारीमा जुटेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनुभयो । सुक्खा मौसम सुरु भएसँगै देशभर आगलागीका घटना बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्