सोलुखुम्बुका आठ स्थानीय तहमा को-को खटिंदैछन निर्बाचन अधिकृत ?

सोलुखुम्बु । सोलुखुम्बुको मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश सन्तोष प्रसाद पराजुली नियुक्त हुनुभएको छ । निर्वाचन आयोगले आइतबार सुचना प्रकाशित गर्दै ७७ जिल्लाका ७ सय ५३ वटै स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तथा पालिका निर्वाचन अधिकृत नियुक्त गरेको हो ।

जिल्ला अदालत सोलुखुम्बका न्यायाधीश पराजुली सोलु दुधकुण्ड नगरपालिकामा खटिने गरी जिल्लाको प्रमुख निर्वाचन अधिकृतमा नियुक्त हुनुभएको छ ।
आयोगका अनुसार खुम्बु पासाङ ल्हामु गाउँपालिकामा स्थानीय पुर्वाधार विभागका हरी प्रसाद शर्मा, माप्य दुधकोशी गाउँपालिकामा सरकारी वकिल कार्यालय सोलुखुम्बुका जिल्ला न्यायधिवक्ता मीना गुरुङलाई निर्वाचन अधिकृतमा खटाइएको छ ।
यस्तै थुलुङ दुधकोशी गाउँपालिका सर्वोच्च अदालतका उपरजिष्ट्रार अन्चन भट्टराइ, नेचा सल्यान गाउँपालिकामा राष्ट्रिय समावेशी आयोगका उपसचिव पुष्कर भट्टराई, माहाकुलुङ गाउँपालिकामा लोक सेवा आयोगका उपसचिव प्रकाश गुरुङलाई खटाइएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार लिखुपिके गाउँपालिकामा लोक सेवा आयोगका उपसचिव ऋषिराम भट्टराई र सोताङ गाउँपालिकामा राजश्व अनुसन्धान विभागका निर्देशक कृष्णकुमार कार्कीलाई खटाइएको छ । आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीलाई तीब्रता दिएको छ ।

