राप्रपा अध्यक्ष लिङ्देनले भने,-‘साँढेको टाङमुनि बाल्टी थापेर दूध आउंँदैन’




काठमाडौँ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले ३१ वर्षदेखि कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नै सरकार चलाइरहेको भन्दै अब पनि उनीहरूलाई नै जिताएर देश बन्छ भन्नु मूर्खता हुने बताएका छन् ।

कांग्रेस, एमाले र माओवादीले कति समयमा देश बनाउन सक्छन् भन्ने प्रश्नको उत्तर उनीहरूसँगै नभएको आरोप लगाउंदै काठमाडौंमा शनिबार आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले आफ्नो पार्टीले ५ वर्ष मात्रै देशको नेतृत्व पाए देशको मुहार फेर्ने गरी काम गर्ने दाबी गरे।

उनले कांग्रेस, एमाले र माओवादीप्रति दक्ष्य गर्दै साँढेको टाङमुनि बाल्टी थापेर दूध नआउने बताए। उनले मूलधारमा रहेको पार्टीको दिमाग बोजो भइसकेको भन्दै जति भोट दिए पनि उनीहरूले देश नबनाउने दाबी गरे।

अध्यक्ष लिङदेनले जनताको हातमा पुनः शक्ति आउन लागेको भन्दै मतरुपी शक्तिलाई उचित सदुपयोग गर्न आग्रह गरे। आगामी निर्वाचनमा भ्रष्ट नेतालाई भोट नदिने हो भने त्यो सजाय खुकुरी र तरवार चलाएभन्दा ठूलो हुने बताए।

प्रतिक्रिया दिनुहोस्