खुम्बु पासाङल्हामू : पैंयाटोल र लुक्लाको गुम्बा टोलमा एमालेले गठन गर्यो टोल कमिटी
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु। नेकपा (एमाले) खुम्बु पासाङल्हामू गाउँपालिका कमिटीको १ नं. वडा कमिटी अन्तर्गत पैयाँ टोल कमिटीको गठन भएको छ ।

पैयाँ टोल कमिटीका अध्यक्ष हेम कुमार राईको अध्यक्षता तथा पैयाँ टोल कमिटीका इन्चार्ज गंगाराम राईको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भेलाले सर्बसम्म्मत रूपमा टोल कमिटी गठन गरेको हो।
नवगठित टोल कमिटी अध्यक्षमा हेमकुमार राई,सचिबमा लाक्पा गेल्जे शेर्पा,उपसचिवद्वयमा प्रमिला राई र कमल रेग्मीमगर (तामाङ) रहेको जिल्ला कमिटी सदस्य समेत रहनुभएका गाउँपालिका कमिटी अध्यक्ष लाक्पाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो।
वहाँका अनुसार टोल कमिटीका सदस्यहरुमा बिकास रेग्मीमगर,ङिमातेण्डी शेर्पा,दारिन्जी शेर्पा,नुरुजाङ्बु शेर्पा,तेण्डी शेर्पा,मागेसश्वर राई,लाक्पागेलु राई,याङजी शेर्पा,आङतेन्जी शेर्पा,पेमनुरु शेर्पा र प्रकाश तामाङ छन् ।
यसैगरी डोलमाया राई,आङमाया शेर्पा,फुरमाया राई,रमेश थुलुङ राई,निरकुमारी राई,मिङमा शेर्पा,लाक्पागेलु शेर्पा,आशमाया राई,फुदोर्जी शेर्पा,लाक्पासोना शेर्पा र बाबुराम मगर रहेको शेर्पाले जानकारी दिनुभयो।
यसैगरी, वडा नं-२ को लुक्ला गुम्बा टोलमा पनि टोल कमिटी गठन गठन गरिएको एमाले जनाएको छ।
ङिमाकान्छा शेर्पा इन्चार्ज र हरिमाया राई अध्यक्ष रहेको सो टोल कमिटीको उपाध्यक्षमा दोर्जी शेर्पा,सचिबमा आशा राई,सहसचिवद्वयमा लोकबहादुर बिक र मानबहादुर तामाङ रहेको जिल्ला कमिटी प्रचार बिभागका सदस्य लाक्पाछिरी शेर्पाले जानकारी दिनुभयो।
सदस्यहरुमा पासाङ किपा शेर्पा,युबतीमाया राई,ल्हामू तामाङ,सुनमाया तामाङ,लाक्पा शेर्पा,फुर्वा तामाङ,जाङ्बु शेर्पा,शान्तिमाया तामाङ,लोकबहादुर बिक र लाक्पा शेर्पा सदस्य रहेको शेर्पाले जानकारी दिनुभयो।
कार्यक्रममा दोर्जी शेर्पा,पासाङकिपा शेर्पा,शान्तिमाया तामाङ,ङिमतेम्बा शेर्पा,मानबहादुर तामाङ,लक्ष्मी राई श्रेष्ठ,ल्हमु तामाङ,फुर्वा तामाङ,जाङ्बु शेर्पा,लोकबहादुर बिक र लाक्पा शेर्पा विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका थिए।

