टाक्सिन्दुमा घट्टेखोला माइक्रो हाइड्रो प्रोजेक्ट ‘बि’ को उद्घाटन
प्रदिप खालिङ,सोलुखुम्बु ।सोलुदुधकुण्ड नगरपालिका वडा न-१, डेकुमा निर्माण भएको ३० किलोवाट टाक्सिन्दु माइक्रो हाइड्रो प्रोजेक्ट ‘बि’को सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा र मोनभिसो नेपाल फाउन्डेसनका अध्यक्ष लाक्पातेम्बा शेर्पाले संयुक्त रूपमा उद्घाटन गर्नु भएको छ।

मोनभिसो नेपाल फाउन्डेसनको दातृ सस्था प्ले फर नेपाल फ्रान्स, रोटरी क्लब एन्सि फ्रान्स एअ कोम्युनि दि कोलोनि स्वीजरल्यान्डको आर्थिक सहयोगमा रु ८८ लाख १ हजार १५ रुपैयाँको लागतमा ३० देखि ४० किलोवाटको उत्पादन क्षमताको सो माइक्रो हाइड्रो परियोजना निर्माण सम्पन्न भएको हो ।
टाक्सिन्दु गाउँ भित्रका जम्मा २४५ घरधुरीले सो हाईड्रोबाट उत्पादित विद्युत प्रयोग गरिरहेको बताइएको छ। उक्त माइक्रो हाइड्रोले २४ घन्टा नै सेवा उपलब्ध गराई रहेको आयोजनाले जनाएको छ ।

