थुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा लोखिममा निर्मित गोपे गाउँघर क्लिनिकको उद्घाटन

सोलुखुम्बु ।थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष तथा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सोलुखुम्बुका अध्यक्ष असिम राईले गोपे गाउँघर क्लिनिक भवनको उद्घाटन गरेका छन्।

नेपाल हेल्पिङ एजुकेसन फाउन्डेसन अफ नेपालको आर्थिक समन्वयमा निर्मित सो भवनको शनिबार आयोजित एक कार्यक्रममा अध्यक्ष राईले उद्घाटन गरेका हुन्।
गाउँपालिकाको वडा नं ९ लोखिमको गोपेमा सो भवन निर्माणका लागि DESWOS जर्मनी ,GECOTEC e.V. जर्मनी र NB & G स्वीजरल्याण्डको आर्थिक सहयोग रहेको बताइएको छ।
९ नं वडा कार्यालयको प्रस्ताव र थुलुङ दुधकोसी गाउँपालिकाको जनशक्ति व्यवस्थापनमा कार्तिक १३ गते निर्माण सुरु भई चैत्र २ गते सम्पन्न भएको हो।क्लिनिक भवन निर्माणका लागि रामकुमार तामाङले समन्वय गरेको थुलुङ दुधकोशी गाउँपालिकाले जनाएको छ।

