आदिबासी जनजाति महासंघमा शेर्पा




काठमाडौं।नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा गेल्जी लामा शेर्पा निर्वाचित भएका छन्। नवलपुरको कावासोतीमा बिहीवार सम्पन्न दशौं महाधिवेशनमा सोनाम लामा वालुङलाई पराजित गर्दै शेर्पा अध्यक्षमा निर्वाचित भएका हुन्।

शेर्पाले ४४ मत पाउँदा सोनामले ८ मत पाए। महासंघको वरिष्ठ उपाध्यक्षमा बुद्ध घर्ती निर्विरोध चयन भएका छन्। यसैगरी ७ उपाध्यक्षमा युवराज जिरेल, ध्यानी उराँव, क्षेत्रबहादुर थकाली, गम्भिर सिं गुरुङ, लाक्पा शेर्पा, लहरु जिमी, श्रूति कुमाल निर्विरोध चुनिएका छन्।

महासचिवका लागि भएको निर्वाचनमा दिवस राई ३६ मत ल्याउँदै निर्वाचित भए। उनका प्रतिद्वन्द्वी सुखवीर थामीले १५ मत प्राप्त गरे। उपमहासचिवमा भने रामकृष्ण ब्लोन निर्विरोध चयन भए। ८ सचिवमा मंगलराम दराई, गोविन्द लामा ह्योल्मो, मोहन राजवंशी, विकास सुरेल, ममता मेचे, छोर्गेल लामा, यमुना छन्त्याल, भद्रकुमारी बरामु निर्विरोध चुनिए। कोषाध्यक्षमा विमल सारु मगर चुनिँदा सहकोषाध्यक्षमा रिदार नोसाङ भोटे निर्विरोध चुनिए।

प्रतिक्रिया दिनुहोस्