थुलुङ दुधकोशी : बाघखोर टोलमा एमालेको १७ सदस्यीय टोल कमिटी गठन

सोलुखुम्बु ।’म मेरो वडा जिताउँछु’ अभियान अन्तरगत नेकपा (एमाले) थुलुङ दुधकोशी गाउँपालिका वडा नं ८, साविक ३ को बाघखोर टोलमा हेमकर्ण राईको अध्यक्षतामा टोल कमिटी गठन गठन गरिएको छ।

जिल्ला सचिवालय सदस्य तथा पालिका इन्चार्ज श्याम कुमार राई, जिल्ला कमिटी सदस्य तथा ६ नं वडा इन्चार्ज आङबाबु राई, जिल्ला कमिटी सदस्य तथा वडा न ८ इन्चार्ज सिमसन किराँती तथा जिल्ला कमिटी सदस्य संगीतकला राइको उपस्थितिमा गठित सो कमिटी १७ सदस्यीय छ।
कार्यक्रममा दिनेश राई,सुसन राई, मणि राई, चन्द्रबहादुर बिक लगायत युवाहरु विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले थुलुङ दुधकोशीले जनाएको छ।

