एमाले केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदै,यस्ता छन् एजेन्डा




काठमाडौं।नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ।

बैठकमा बैठकमा सातैवटा प्रदेशका अध्यक्षहरूले पार्टीको वर्तमान अवस्था, स्थानीय तहमा हालको स्थिति र सम्भावित अवस्थाका बारेमा रिपोर्टिङ गर्ने तयारी छ। यसैगरी चुनावी घोषणापत्र, उमेदवार चयनका मापदण्डलगायत विषयमा पनि छलफल गरिने छ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्नेछन्।बैठक कार्की बैंक्वेट बबरमहलमा हुन लागेको सो बैठक आज र भोलि चल्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्