ब्लड बैंकको विकल्प बन्दै नेपाली सेना



डिल्ली शर्मा,साेलुखुम्बु। हिमाली जिल्ला साेलुखुम्बुमा ब्लड बैंककाे अभाबमा तत्काल रगतकाे आवश्यकता भएका बिरामीकाे उपचारमा समस्या हुने गरेकाे छ। रगत अभावकै कारण बर्सेनी केहि सुत्केरीलाई सुरक्षित रुपमा सुत्केरी गराउन समस्या भएकाे बताउँछन् नेचासल्यान गाउँपालिका स्वास्थ्य शाखा संयाेजक युबराज कटेल।

गर्भावस्थामा स्वास्थ्य संस्थामा नियमित चेकजाँच नगराउने,घरमै सुत्केरी गराउने, जस्ता कारण रगतकाे अभाबमा उपचारमा समस्यामा परेकाहरुकाे बिकल्पकाे रुपमा नेपाली सेनाले ज्यान बचाउँने गरेकाे छ। साेलुखुम्बुकाे साेताङमा ब्लड बैँक भएता पनि यातायातकाे सहज पहुँच नहुँदा तत्काल रगतकाे अभावमा थप उपचार तथा शल्यक्रियामा जटिलता हुने भएकाेले बिकल्पकाे रुपमा एउटा मात्र उपाय हाे फ्रेस ब्लड ।

थुलुङ दुधकाेशी गाउँपालिका वार्ड नं ६ कि चमेली बन गत फागुन २८ गते सुत्केरी हुनुभयाे तर वहाँकाे स्वास्थ्य अबस्थामा समस्या आएपछि उपचारका लागि जिल्ला अस्पताल फाप्लु पुर्‍याउँदा शरीरमा रगतकाे मात्रा कमि देखियो।

वहाँलाई ओ पाेजेटिभ रगत तत्काल चाहियाे तर ब्लड बैंक अभावकै कारण उपचार सम्भव थिएन। तर एउटी महिलालाई बचाउँन साेलुखुम्बु सदरमुकाम सल्लेरिमा रहेकाे अरिदमन गणका सिपाहिले तत्काल रगत दान दिएपछि उनकाे ज्यान बच्याे। जनताकाे ज्यान बचाउन सहयाेग गर्ने नेपाली सेनालाई हाम्राे पनि सलाम।

प्रतिक्रिया दिनुहोस्