बलात्कार प्रकरणले लेटाङको स्थिति तनावपूर्ण,प्रशासनद्वारा अनिश्चितकालीन कर्फ्यु जारी

बिराटनगर ।स्थानीय र प्रहरीबीचको झडपले स्थित तनावपूर्ण बन्दै गएपछि मोरङको लेटाङमा कर्फ्यु आदेश जारी गरिएको छ । लेटाङ नगरपालिका–५, खेरुवा वरपरको क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यु आदेश जारी गरेको हो ।

स्थानीय र प्रहरीबीचको झडपमा गम्भिर घाइते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको कोशी अस्पतालकाले जनाएको छ ।
मोरङको लेटाङस्थित शिक्षा विकास माविमा अध्ययनरत १३ वर्षीया छात्रालाई शिक्षकले बलात्कार प्रयास गरेको भन्दै विद्यालय घेराउ गर्न पुगेका स्थानीयवासीले प्रहरीमाथि आक्रमण गरेका थिए । आक्रमणमा परेर थप ७ जना प्रहरी घाइते भएका छन् ।
आक्रोशित भिडले घरेलु हतियारले आक्रमण गरेर गम्भिर घाइते बनाएपछि उर्मिलालाई उपचारका लागी कोशी अस्पतालमा लगिएको थियो । कक्षा ७ मा पढ्ने १३ वर्षीय किशोरीलाई शिक्षकले जबरजस्ती गर्ने प्रयास गरेको स्थानीयको दाबी छ । प्रहरीले आरोपित शिक्षकलाई पक्रेर इलाका प्रहरी कार्यालय लेटाङमा ल्याएको छ ।

