नेराशिसं सोलुखुम्बुको १२ औं अधिबेशन सम्पन्न, अध्यक्षमा दाहाल सर्बसम्मत



सोलुखुम्बु।नेपाल राष्ट्रिय शिक्षक संगठन सोलुखुम्बुको १२ अधिबेशनले बीरेन्द्रज्योति माबिका शिक्षक टंक दाहालको अध्यक्षतामा सर्बसम्मत रूपमा जिल्ला कमिटी गठन गरेको छ।

२६ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा रेवन्त बराल र सरस्वती कार्की,सचिब नवराज राई,कोषाध्यक्ष सुमन निरौला,सहसचिवमा मनिता राई,सहकोषाध्यमा अम्बिका बस्नेत चयन भएको संगठनका नेता छवि बास्तोलाले जानकारी दिए।

अधिबेशनको उद्घाटन शुक्रबार नेकपा एमालेका केन्द्रीय सदस्य मानबीर राइले गरेका थिए।उद्घाटन समारोहमा केन्द्रीय सदस्य राई, नेकपा एमाले १ नं प्रदेश संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी,नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोला,उपाध्यक्ष हर्कबहादुर राई, सचिब आशकुमार राई शिशिर, नेराशिसं खोटाङका नेता मनकाजी राई लगायतले अधिबेशन सफलताका लागि शुभकामना व्यक्त गरेको बांस्तोलाले जानकारी दिए।

अधिबेशनले राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मोतीराम बस्नेत,गणेश कुमार कार्कीलाई छनौट गरेका छन् ।सोही अधिबेशनमा जनप्रीय माबिका प्रधानाध्यापक घनबहादुर कार्की लगायतका शिक्षकहरु अखिल नेपाल शिक्षक संगठन परित्याग गरि नेराशिसंमा प्रवेश गरेका छन्।

प्रतिक्रिया दिनुहोस्