एकीकृत समाजबादीले ‘जनतामा जाऔं, एकीकृत समाजवादी जिताऔं’ अभियान चलाउने



काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले ‘जनतामा जाऔं, एकीकृत समाजवादी जिताऔं’ भन्ने नारासहित चुनावी अभियान थाल्ने भएको छ ।

आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एकीकृत समाजवादीले यो अभियान अघि बढाउन लागेको हो ।

बिहीवार बसेको केन्द्रीय सचिवालयको बैठकले यस्तो अभियान शुरू गरेको नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख एवम् उपमहासचिव जगन्नाथ खतिवडाले बताए । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्