प्रशान्ति एकेडेमीद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न




काठमाडौँ ।बूढानीलकण्ठ-१२ काठमाडौँमा अवस्थित प्रशान्ति एकेडेमी विद्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

वुढानिलकण्ठ नगरपालिका उपप्रमुख रमादेवी राईको प्रमुख आतिथ्यमा विद्यालय प्रांगणमा आयोजित रक्तदान कार्यक्रममा सहभागी २०० जनामध्ये ५३ जनाले रक्तदान गरेको प्रिन्सिपल समीर बास्तोलाले जानकारी दिए।विशेष गरी कोभिड १९ को संक्रमण यता विभिन्न कारणले मुलुकभर रगतको चरम अभाव भएका कारण यसलाई केही हदसम्म कम गर्ने उद्देश्यले यो रक्तदान कार्यक्रमको व्यवस्थापकिय जिम्मा लिएको बाँस्तोलाको भनाइ छ।

उज्यालो नेपाल आयोजक र प्रशान्ति स्कुल ब्यवस्थापक रहेको सो रक्तदान कार्यक्रममा आइएमई लिमिटेड, लायन्स क्लब अफ नेपाल हेरिटेज, आजको लगानी ग्रुप, त्रि शक्ति सेकुरिटिज सह आयोजकको रुपमा रहेका थिए। नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोग र टेक्सास बचत तथा ऋण सहकारी संस्था , मुस्कान चोक युवा क्लवको समेत सामाजिक सहयोग रहेको विद्यालयले जनाएको छ।

वुढानिलकण्ठ नगरपालिका -१२ का वडाअध्यक्ष शम्भु प्रसाद भट्टराई र कार्यपालिका सदस्य शान्ता पुडासैनी लगायत विशेष व्यक्तित्वहरुको उपस्थिती रहेको सो रक्तदानमा
आयोजक टिमकोतर्फवाट कार्यक्रम सभापति रमेत रहेका संस्थाका अध्यक्ष लक्ष्मण भट्टराईले सम्पूर्ण सहृदयी तथा सवै सहयोगी मन र व्यक्तिहरूमा विशेष धन्यवाद समेत व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्