रहेनन् पूर्बमन्त्री एबम् राप्रपाका संस्थापक सदस्य गणेश शेरचन
राप्रपाका संस्थापक नेता गणेश शेरचनको निधन भएको छ । ७८ बर्षीय शेरचनको आइतबार बिहान ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।उनी लामो समयदेखि मधुमेह र मिर्गौलाको समस्याबाट पीडित थिए।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शेरचनको निधनबाट आफू दुःखी र स्तब्ध भएको बताएका छन् ।
पूर्वमन्त्री, राप्रपाका नेता, तत्कालीन राप्रपा नेपालका महामन्त्री गणेश शेरचनको निधनको समाचारले स्तब्ध र दुःखी छु । दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु,’ लिङ्देनले फेसबुकमा लेखेका छन् ।

