कांग्रेस नेता कार्कीले गरे सोताङका ६३१ विद्यार्थीलाई झोला तथा शैक्षिक सामाग्री बितरण

सोलुखुम्बु।समाजसेवी एबम नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाशसिं कार्कीले जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई झोला तथा पोशाक बितरण सुरु गरेका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य समेत रहेका कार्कीले सु-किर्ती प्रतिस्ठान नेपाल र लाइन्स क्लब अफ काठमाडौं क्यापिटलको आयोजनामा शनिबार जिल्लाको सोताङ गाउँपालिकाबाट झोला तथा शैक्षिक तथा खेलकुद सामाग्री बितरण गरेको नेपाली कांग्रेसका युवानेता दिनराज बास्तोलाले जानकारी दिए।

बास्तोलाका अनुसार शनिबार कार्कीले सोताङ गाउँपालिका -४ का श्री हुङ्गा माबि नाम्लुङ,पाथिभरा आबि ,पन्चकन्या आबि ,जनजागृती आब,सोताङ गाउपालिका -५ का लिढुङ्गा आबि , हिमालय आबि सोताङ गाउपालिका -३ का तोस्खुम आबि. नार्केल आबिका विद्यार्थीहरुलाई किताब बोक्ने झोला र शैक्षिक एबम खेलकुद सामाग्री बितरण गरेका थिए।यसबाट ती विद्यालयका ६३१ जना विद्यार्थी लाभान्वित भएको बताईएको छ।
कार्कीले आईतवार नेचासल्यान गाउँपालिकाका विभिन्न बिद्यालयका विद्यार्थीहरुलाई झोला तथा शैक्षिक एबम खेलकुद सामाग्री बितरण गर्ने कार्यक्रम रहेको बताईएको छ।यसबाट गाउँपालिकाका विभिन्न बिद्यालयका झण्डै १८ सय विद्यार्थीले सो सामाग्री प्राप्त गर्ने बास्तोलाले जानकारी दिए।
नेता कार्कीले यसअघि पनि जिल्लाका कतिपय विद्यालयलाई ल्यापटप,झोला तथा शैक्षिक र खेलकूदका सामाग्री बितरण गर्दै आएका छन् ।

