ओलीलाई प्रधानमन्त्री बन्न माओवादी अध्यक्ष दाहालको प्रस्ताव




काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन्।

एमाले अध्यक्ष ओलीसँगको संसद भवनमा बिहिवार भएको भेटवार्तामा दाहालले सरकार गठन गर्न कांग्रेसलाई सहयोग गर्नु आफ्नो गल्ती भएको भन्दै आगामी निर्वाचनको नेतृत्व गर्न आग्रह गरेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

सचेतक भट्टराईले भने, ‘प्रचण्डले चाहिँ तपाईं (केपी शर्मा ओली) को नेतृत्वमा चुनाव गर्नुपर्यो । हामीले पहिला गल्ती गर्यौँ । कांग्रेसलाई सघायौँ । अब तपाईंले नेतृत्व गर्नुपर्यो । जनादेश त्यही नै हो ०७४ को भन्दै सहयोगको कुरा गर्नुभएको छ ।’

भट्टराईले माओवादी र एमाले मात्र मिलाएर बहुमत पनि नपुग्ने भन्दै अहिले सहकार्यका लागि आफूहरुलाई हतारो नभएको बताए । उनले अघि भने, ‘मुख्य कुरा के हो भने, देशको बिग्रिएको राजनीति ट्र्याकमा आओस् र समयमै निर्वाचन होस् भन्ने नै एमालेको लाइन हो ।’

प्रतिक्रिया दिनुहोस्