बस्दै नबसी स्थगित भयो संसद बैठक, शुक्रबार १ बजे बस्ने



काठमाडौं।एमसीसी सम्झौताबारे छलफल गर्ने कार्यसूचीसहित बिहिबार १ बजेका लागि बोलाईएको संसद बैठक बस्दै नबसी भोलि (शुक्रवार) सम्मका लागि स्थगित भएको छ।

संसद सचिवालयले विशेष कारण भन्दै बैठक स्थगित गरेको छ।
अब संसद बैठक शुक्रवार दिउँसो १ बजे बस्नेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस्