नयाँ बानेश्वर क्षेत्रमा सुरक्षाब्यबस्था कडा, एक ससपी,१४ डीएसपीसहित २४ सय सुरक्षाकर्मी परिचालित



काठमाडौं।मिलेनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ को बिरोधमा रहेका सत्तारुढ र विपक्षी दलहरुले संसद भवन घेराउको तयारी गरिरहेका बेला सरकारले नयाँ बानेश्वर क्षेत्रको सुरक्षा ब्यबस्था अत्यन्तै कडा पारेको छ।

फाल्गुन ८ गते प्रतिनिधिसभामा टेबुल भएको एमसीसी सम्झौतामाथि आजबाट प्रतिनिधिसभामा छलफल सुरु हुनेभएका कारण नेकपा माओवादी केन्द्र र एकीकृत समाजबादीका भातृसंगठन र अन्य दलहरूले माईतीघर मण्डलामा जम्मा भएर संसद भवन घेराउ गर्न जाने तयारी सहित प्रदर्सन सुरु गरेका छन् ।

प्रदर्शनलाई लक्षित गरेर महानगरीय प्रहरी कार्यालयले बानेश्वरमा २ हजार ४ सय भन्दा बढी प्रहरी परिचालन गरेको बताईएको छ।

महानगरीय प्रहरी परिसरबाट १२ सय प्रहरी परिचालन गरिएको छ । महानगरीय प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयबाट थप १२ सय सुरक्षाकर्मी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले बताए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश राज मैनाली फिल्डमा खटिएका छन् । मैनालीसँगै १४ जना डिएसपीलाई फिल्डमा परिचालन गरिएको छ । सुरक्षा व्यवस्थाको समग्र कमाण्ड काठमाडौंका एसएसपी सुदिप गिरीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्