कल सेण्टर सन्चालन गरेर ठगी गर्दै आएका दुई चिनिंया नागरिकसहित ११८ जना पक्राउ



काठमाडौं।भक्तपुरको सानोठिमी क्षेत्रबाट चिनियाँ नागरिकसहित थप ८१ जनालाई प्रहरीले पक्राउ गरेको छ । घर भाडामा लिएर कल सेन्टर सञ्चालन गरी ठगी गरेको आरोपमा भक्तपुर प्रहरी परिसरको टोलीले मंगलबार छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई प्रहरी वृत्त नयाँ भक्तपुरमा राखिएको छ । यसअघि पनि मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका थिए ।मध्य बानेश्वर क्षेत्रबाट पक्राउ पर्नेमा १३ जना युवती र २३ जना युवक छन् । उनीहरु २० देखि २५ वर्षका रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।पक्राउ पर्नेमा ग्राहक र इन्टरप्रेट (अनुवादक) गरेर ४८ जना महिला र चिनियाँसहित ३३ जना पुरुष छन् ।

नेपालको अध्यागमन कानूनअनुसार पर्यटक भिसाबाहक विदेशीहरुले अन्य काम गर्न पाउँदैनन् ।उनीहरुले कल सेन्टर सञ्चालन गरेर एप्समार्फत ठगी गर्दै आएका थिए । ‘उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ,’ डीएसपी पाण्डेले भने, ‘डेक्सटप आइप्याडलगायत विभिन्न उपकरणहरु बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्