महाशक्तिको दबाबको आधारमा जबरजस्ती एमसीसी टेबल गरिनु लज्जाको विषय : खनाल

काठमाडौं।नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एउटा महाशक्तिको दबाबको आधारमा
जबरजस्ती एमसीसी टेबल गर्ने काम
नेपालको लागि लज्जाको विषय भएको बताएका छन्।

संसद बैठकपछि सन्चारकर्मीहरुसंग कुरा गर्दै पूर्बप्रधानमन्त्री समेत रहेका खनालले एमसीसी करार सम्झौता भएको बताउंदै करार सम्झौतालाई अनुमोदन गर्न सरकारले टेबल गरेको घटना सम्पूर्ण नेपाली जनताको शिर निहुराउने काम भएको प्रतिक्रिया दिए।
यसलाई कुनै पनि हालतमा संसदबाट पारित गर्न नहुने बताउंदै उनले भने, ‘एमसीसी करार सम्झौता हो।‘म यसप्रति दुःख प्रकट गर्न चाहन्छु, खेद प्रकट गर्न चाहन्छु’ खनालले भने- करार सम्झौतालाई कुनै पनि देशको संसदबाट अनुमोदन गरिँदैन। जुन ढंगले नजिर बसाइयो। नेपाललाई ट्रयापमा पारिँदै छ। संघीय ऐन बनाएरमात्रै सन्धि सम्झौता अनुमोदन गर्नुपर्ने हुन्छ। संघीय ऐन नबनाइकन जबरजस्त एमसीसी टेबल गर्ने काम गर्नु संविधानविरोधी काम हो।’

