जनताको आवाजलाई कुल्चिने दुष्प्रयास भएको भीम रावलको आरोप

काठमाडौं।नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग परियोजनालाई संसदमा टेबुल हुँदा दीर्घकालीन रूपमा असर पर्ने टिप्पणी गरेका छन् ।

संसद बैठकपछि बाहिँदै गर्दा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले भने, नेपाली जनाको दीर्घकालीन अस्तित्वसँग सम्बन्धित एमसिसीलाई जबरजस्ती रूपमा प्रस्तुत गरिएको छ । यो अलोकतान्त्रिक गैरकानुनी र जनताको आवजलाई कुल्चिने दुस्प्रयास हो ।
उनले कानुनका सबै मर्यादालाई कुल्चिएर प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा रहेको माओवादीको बिमति हुँदाहुँदै जबरजस्ती एमसिसी संसदमा टेबुल गरेको बताए । उनले यसको निदा गर्नुपर्ने बताए । उनले नेपाली जनताले यसका विरुद्धमा आवाज उठाउनुपर्ने उनको भनाइ छ ।

