सतागठबन्ध बैठक : एमसीसी संसदमा टेबुल गर्न दाहाल- नेपाल सहमत

काठमाडौं।अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्न सत्ता गठबन्धनका नेताहरू सहमत भएका छन् ।

बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरु एमसीसी संसदमा टेबुल गर्न सहमत भएका हुन् । यसअघि पटकपटकको बैठकमा माओवादी केन्द्र एमसिसी तत्काल टेबुल गर्न नहुने पक्षमा रहेपनि एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दबावका कारण प्रचण्ड पनि एमसीसी टेबुल गर्न सहमत भएका हुन् ।
अमेरिकी सरकारले एमसीसीबारे निर्णय गर्नका लागि नेपाललाई फागुन १६ गतेसम्मको समयसिमा तोकिसकेको छ ।

