एमसीसी टेबुल गर्न दिने एकीकृत समाजबादीको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले एमसीसी सम्झौतालाई संसदमा टेबल गर्न दिने निर्णय गरेको छ ।

पार्टीको आज बसेको स्थायी कमिटी बैठकले एमसीसी सम्झौतलाई संसदमा टेबल गर्नबाट नरोक्ने निर्णय गरेको प्रबक्ता जगन्नाथ खतिवडाले जानकारी दिइन् ।बैठकले सहमति जुटेमा, संसदको गतिरोध हटेमा एमसीसी संसदमा टेबल हुन दिने निर्णय गरेको उनले बताए ।
बैठकले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने भएकाले संशोधन गर्नुपर्ने निर्णय गरेको छ। ‘राष्ट्रिय हित अनुकुल हुने गरी संशोधन अनिवार्य रहेको, यथास्थितिमा अनुमोदन गर्नुहुँदैन’ उनले भने, ‘एमालेले संसद गतिरोध हटाउन चाहनुपर्यो। संसदमा एमसीसीबारे छलफल गर्ने वातावरण हुनुपर्यो।’
उनले सत्तागठबन्धनको सहमतिमा मात्र एमसीसी अगाडि बढ्नुपर्ने धारणा राखे। बैठकले एमसीसीका कारण गठबन्धन टुट्न नहुनेमा जोड दिएको छ।
शुक्रबारको गठबन्धनको बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले स्थायी कमिटीको बैठकपश्चात मात्र पार्टीले निर्णय दिने प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएका थिए। देउवा एमालेसँग सहकार्य गर्न अगाडि बढेपछि समाजवादी झस्किएको हो।

