औपचारिक रुपमै राप्रपा प्रवेश गरे ज्ञानेन्द्र शाही



काठमाडौं।भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही आज देखी औपचारिक रुपमा राप्रपामा प्रवेश गरेका छन् ।

राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार
आयोजित कार्यक्रममा शाहीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेका हुन् ।कार्यक्रममा शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियानको सिंगो कमिटी समेत राप्रपामा समाहित भएको घोषणा गरिएको थियो ।

समान विचार भएका व्यक्ति, समुह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति बमोजिम महामन्त्री डा धवल शमशेर राणाले शाहीलाई राप्रपामा समाहित गर्ने प्रस्ताव फागुन ३ गतेको पदाधिकारी बैठकमा पेश गरेका थिए । सो प्रस्ताव बैठकले अनुमोदन गरेसँगै राप्रपाले उनलाई पार्टीमा स्वागत गर्न कार्यक्रम राखेको हो।

प्रतिक्रिया दिनुहोस्