एमसीसीबिरुद्द्को प्रदर्शन : २४२ प्रदर्शनकारी पक्राउ, डीएसपीसहित १५ प्रहरी सामान्य घाइते




काठमाडौं।अमेरिकी सहायता परीयोजना (एमसीसी) विरुद्ध प्रदर्शनमा उत्रिएका २४२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । देशभरबाट २४२ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी सन्तोषसिंह राठौरकाअनुसार संसद भवनस्थित नयाँ बानेश्वर क्षेत्रबाट सय जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको हो।नियन्त्रणमा लिएका सबैलाई छोड्ने तयारी भइरहेको छ ।

यस क्रममा डीएसपीसहित १५ जना प्रहरी सामान्य घाइते भएका छन् । उनले भने, ‘संसद भवन अगाडिको निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि नियन्त्रणमा लिएका हौं । अवस्था नियन्त्रणमा लिन १० राउन्ड अश्रुग्याँस प्रहार भएको थियो ।’

प्रतिक्रिया दिनुहोस्