नेपाल बन्दको प्रभाव आंशिक, २३ बन्दकर्ता पक्राउ




काठमाडौं।सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा टेबुल गराउने तयारी गरेको भन्दै त्यसबिरुद्ध साना बामघटकहरुले घोषणा गरेको बन्दको प्रभाव आज राजधानी लगायत देशैभरी आंशिक रूपमा परेको छ।

काठमाडौं उपत्यकामा बन्द गराउंदै हिंडेका २३ प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बन्द आह्वान गरेको हो।

बन्दले लामो दूरीमा चल्ने गाडी भने प्रभावित भएका छन् ।

काठमाडौं उपत्यकाका मुख्य मुख्य चोक र सडकका मुख्य मुख्य स्थानमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन्।

बन्दकर्ताले गर्नसक्ने उच्छृङ्खल गतिविधिलाई रोक्न बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। गृह मन्त्रालयले मंगलबार नै सर्कुलर जारी गरेर सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्