कांग्रेस कार्यसम्पादन समिति बैठक : निर्बाचन लक्षित अभियान चलाउने निर्णय

काठमाडौं।सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एकमहिने देशव्यापी संगठन सुदृढीकरण अभियान चलाउने भएको छ । मंगलबार बसेको कार्यसम्पादन समितिले ‘घर–घर जाऊँ, कांग्रेस जिताऔँ’ नाराका साथ संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार आजको बैठकले फागुन २० देखि चैत्र २० गतेसम्म संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले स्थानीय तह निर्वाचनको स्वागत गर्दै सम्पूर्ण एकताका साथ स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको उनले जानकारी दिए ।
बैठकले स्थानीय तह निर्वाचन लक्षित समिति गठन गर्ने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएको छ ।
आजको बैठकले पार्टीका म्याद सकिएका भ्रातृ संगठनहरुको कार्यसमिति पनि भंग गरेको छ ।

