जबरजस्ती करणी मुद्दाका फरार व्यक्ति २४ बर्षपछि पक्राउ



काठमाडौं । जबरजस्ती करणीको मुद्दामा संलग्न फरार एक जनालाई प्रहरीले २४ वर्षपछि फक्राउ गरेको छ ।

संखुवासभाको मकालु गाउँपालिका एकका ४० वर्षका मिङ्तेम्बा शेर्पालाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले सोमबार काठमाडौं इचङ्गुनारायणको ठुलोभर्याङ्गबाट पक्राउ गरेको हो ।

फरार रहेका शेर्पाले २०५४ साल पुष १८ गते राती घर फर्कदै गरेकी महिलालाई मकालु गाउँपालिकास्थित चत्चेक भन्ने स्थानमा एक्लै फेला पारेपछि मार्ने धम्की दिएर जबरजस्ती करणी गरेको आरोप उनीमाथि छ ।

प्रतिक्रिया दिनुहोस्