रुपन्देहीमा माओवादी केन्द्र र जसपा परित्याग गर्नेको लहर, निर्बाचित दुई गाबिस अध्यक्षले नै गरे एमाले प्रवेश



बुटवल ।रूपन्देहीका २ गाउँपालिका अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन्।

जिल्लाको ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट ‘राहुल’, उपप्रमुख सुन्दरीमती कुमारी हरिजन र रोहिणी गाउँपालिकाका प्रमुख सनोजकुमार यादव सोमबार एमालेमा प्रवेश गरेको हुन् ।

स्थानीय राज नवप्रवेशीलाई नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले पार्टीमा स्वागत गरेका छन् ।केवट र हरिजन माओवादी केन्द्रबाट अध्यक्ष र उपाध्यक्ष हुन भने यादव तत्कालीन मधेशी जनअधिकार फोरम र हालको जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित अध्यक्ष हुन्। ।
सनोज रूपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचित कांग्रेस प्रतिनिधिसभा सदस्य प्रमोदकुमार यादवका सहोदर भाइ हुन् ।सनोजको स्थानीय क्षेत्रमा राम्रो प्रभाव छ ।

एमाले रुपन्देहीले धकधईमा आयोजना गरेको विशाल कार्यक्रममा
अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसहित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गराउँदै उपाध्यक्ष पौडेलले २०७४ सालमा जस्तै एमालेको देशव्यापी जनलहर बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्