सभामुखको आव्हानमा आज सर्बदलीय बैठक,यस्ता छन् एजेन्डा

काठमाडौं।सभामुख अग्निप्रसाद सापकोटाको आव्हानमा आज सोमबार सर्बदलीय बैठक बस्नेभएको छ।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोगको विषयमा छलफल गर्न सोमबारका लागि सर्वदलीय बैठक आह्वान गरिएको हो ।
सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले दलहरूबीच समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको जानकारी दिँदै भन्नुभयो– ‘प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएपछि त्यसलाई प्रक्रियामा पुर्याउने र जारी संसद्को अवरोधबारे छलफल हुनेछ ।’
यसैबीच, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभाको बैठक फागुन ४ गतेलाई सारिएको छ । यसअघि संसद् बैठक फागुन २ गते १ बजे बस्ने तय भएको थियो । संसद् सचिवालयले आइतबार सूचना जारी गरी प्रतिनिधिसभाको बैठक फागुन ४ गते दिउँसो १ बजेसम्मका लागि सारिएको जनाएको थियो । अब बस्ने संसद् बैठकमा सरकारले एमसीसी टेबल गर्ने गृहकार्य अगाडि बढाएको छ ।

