फेरि सर्‍यो प्रतिनिधिसभा बैठक, ४ गते बुधबार बस्ने




काठमाडौं।सोमबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फेरि स्थगित भएको छ। संसद सचिवालयका महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएका छन्।

जारी सूचनामा भनिएको छ, ‘फागुन २ गते सोमबार बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल फागुन ४ गते बुधबार दिनको १ः०० बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो गरिएको छ।’

शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई फागुन २ को प्रतिनिधिसभा बैठक सार्न प्रस्ताव गरेका थिए।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यसअघि नै बैठक सार्न माग गर्दै आइरहेको थियो।

प्रतिक्रिया दिनुहोस्