एमालेले बोलायो संसदीय दलको बैठक,परमादेश दिने पाँंच न्यायाधीश विरुद्ध महाभियोग दर्ता गर्ने सम्भावना !



काठमाडौं। सत्तारूढ दलका तर्फबाट प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबिरुद्द अकास्मात महाभियोग प्रस्ताव दर्ता गरिएपछि प्रमुख विपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।

बैठक सोमबार विहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।बैठकमा राणाविरुद्ध महाभियोग दर्ता र त्यसपछि पार्टीले अख्तियार गर्ने रणनीतिबारे छलफल हुने उनको भनाइ छ।

एमालेले प्रधानन्यायाधीश राणासहित परमादेश दिने पाँचै जना न्यायाधीशविरुद्ध महाभियोग लगाउनुपर्ने बताउँदै आएको छ । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनरत कानुन व्यवसायीलाई पाँचै जना न्यायाधीश हटाउनुपर्ने आशय राखेका थिए ।

भोलिको बैठकले परमादेश दिने बाँकी चार न्यायाधीश दिपककुमार कार्की, मिरा खड्का, आनन्दमोहन भट्टराई, ईश्वर खतिवडालाई पनि महाभियोग लगाउन सक्नेबारे निर्णय लिने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्