जुत्ताचप्पल गोदाममा आगलागी हुंदा तुलसीपुरमा पांचजनाको मृत्यु



तुलसीपुर ।दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित जुत्ता-चप्पल गोदाममा आगो लाग्दा ५ जनाको ज्यान गएको छ।

इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा मध्यराती भएको आलगागीमा परि ५ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
मृत्यु हुनेहरूमा ४ पुरूष र १ बालिकाको रहेको बताईएको छ!

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार अहिले केहीबेर अगाडि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले ५ घण्टापछि आगो नियन्त्रणमा लिएको हो।विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ।

प्रतिक्रिया दिनुहोस्